डाबर नेपालको नर्सरीमा मिस नेपालका प्रतियोगी
काठमाडौँ । मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू बुधबार बनेपास्थित डाबर नेपालका नर्सरीमा पुगेका छन् । भ्रमणमा प्रतियोगीहरूले वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाएको कम्पनीले जनाएको छ ।
सहभागीहरूले यहाँको विश्व स्तरीय हरित गृह सुविधाको पनि निरीक्षण गरेका थिए । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएका र यी जडीबुटी डाबरका विभिन्न उत्पादनहरूमा पनि प्रयोग गर्दै आएका छन् ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ । हामीलाई विश्वास छ की प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुने छन् ।
डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरित गृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा सङ्कटग्रस्त प्रजातिको प्रर्वद्धन र खेती गर्दछ र ५० वटा सहकारीमार्फत जडीबुटी खेती गरी किसानहरू को जीविकोपार्जनलाई वैकल्पिक श्रोतको रूपान्तरण दिएको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण