अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय विरुद्ध अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार अर्थ मन्त्रालयमा युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्री महतलाई अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी रोक्न ज्ञापनपत्र बुझाएका हुन् ।
अध्यक्ष थेबेले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र दिन प्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योगधन्दा धरासायी बनेका र महंगीले आकाश छोएको अवस्था अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी गलत भएको बताए । उनले नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको र त्यस्तो अवस्थामा सरकारले पैसा बाँड्न लागेको भन्दै आपत्ति जनाए । देशको अर्थतन्त्र उकास्न प्राथमिकता दिनुको सट्टा उल्टै सरकारले १८ वर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गरिनु नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको थेवेको आरोप छ ।
युवा संघले सरकारसँग देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग समेत गरेको छ । संघले अर्थमन्त्री डा.महतलाई सरकारले अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावानी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण