सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतका कार्यकर्ताले अनावश्यक रुपमा बुथ कब्जाको हल्ला चलाए : प्रदीप यादव

शुक्रबार, १५ वैशाख २०८०, १४ : २१
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ  । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जनमत पार्टीका कार्यकर्ताले उपनिर्वाचनमा बारा–२ मा बुथ कब्जाको अनावश्यक हल्ला चलाएको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले बारामा यसपटक सबैभन्दा स्वच्छ किसिमले निर्वाचन सम्पन्न भएको बताए । 

सांसद यादवले विपक्षी पार्टीका सांसदले बुथ कब्जा भएको भनेर दिएको अभिव्यक्ति झुटो भएको दावी गरे । उनले एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले हार स्वीकार गरेर पनि निष्पक्ष चुनाव भएको बताएको भन्दै सांसद यादवले बारा २ को चुनावमा कुनै धाँधली नभएको उल्लेख गरे । 

जनमत पार्टीप्रति लक्षित गर्दै यादवले चुनाव हारेर पनि हार स्वीकार गर्ने पक्षमा नरहेको दावी गरे । बाराको जुन जुन बुथमा जसपा र नेपाली कांग्रेसको मत बढी थियो त्यही बुथमा रौतहटबाट जनमत पार्टीका कार्यकर्ता गएर बुथमा हल्ला गर्ने र बुथ कब्जाको हल्ला चलाउने गरेको सांसद यादवको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप