जनमतका कार्यकर्ताले अनावश्यक रुपमा बुथ कब्जाको हल्ला चलाए : प्रदीप यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जनमत पार्टीका कार्यकर्ताले उपनिर्वाचनमा बारा–२ मा बुथ कब्जाको अनावश्यक हल्ला चलाएको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले बारामा यसपटक सबैभन्दा स्वच्छ किसिमले निर्वाचन सम्पन्न भएको बताए ।
सांसद यादवले विपक्षी पार्टीका सांसदले बुथ कब्जा भएको भनेर दिएको अभिव्यक्ति झुटो भएको दावी गरे । उनले एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले हार स्वीकार गरेर पनि निष्पक्ष चुनाव भएको बताएको भन्दै सांसद यादवले बारा २ को चुनावमा कुनै धाँधली नभएको उल्लेख गरे ।
जनमत पार्टीप्रति लक्षित गर्दै यादवले चुनाव हारेर पनि हार स्वीकार गर्ने पक्षमा नरहेको दावी गरे । बाराको जुन जुन बुथमा जसपा र नेपाली कांग्रेसको मत बढी थियो त्यही बुथमा रौतहटबाट जनमत पार्टीका कार्यकर्ता गएर बुथमा हल्ला गर्ने र बुथ कब्जाको हल्ला चलाउने गरेको सांसद यादवको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण