महिलामाथि तीन वर्षभित्र १२ जनाको हत्या गरेको आरोप, पक्राउ
साइनाइड दिएर १२ जनाको हत्याको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । महिलाले हत्या गरेको भनिएका सबै मानिस उनका साथी, आफन्त र चिनजानकै व्यक्ति भएको बताइएको छ । सुरुवाती अनुसन्धानमा पैसाको लालचका कारण उक्त हत्या गरिएको जानकारीमा उल्लेख छ । तर कतिले भने महिलालाई ‘सिरियल किलर’ समेत भनिरहेका छन् । थाइल्यान्डको प्रहरी यसको अनुसन्धानमा जुटेको छ ।
थाई मिडियाको रिपोर्ट अनुसार ३२ वर्षीय यी महिलाको नाम सारात रंगसिवुथापार्न हो । उनी हाल गर्भवती छिन् । उनीमाथि १२ जनाको हत्याको आरोप छ । यी सबैको हत्या साइनाइड दिएर एउटै प्रकृतिबाट गरिएको आरोपमा उल्लेख छ । सारातलाई मङ्गलवार (२७ अप्रिल) मा बैंककमा पक्राउ गरिएको हो ।
यसरी भयो खुलासा
सहरमा लगातार भइरहेको हत्यापछि प्रहरी सक्रिय अवस्थामा नै थियो । यसैबीच १४ अप्रिलमा सन्दिग्ध अवस्थामा सिरिपोर्न खानवोंग नामकी महिलाको मृत्यु हुन्छ । विशेष कुरा यो हो कि खानवोंग सारातसँग एक धार्मिक आयोजनामा गएकी थिइन् । यहाँ नदीको किनारामा उनको शव भेटिन्छ । खानवोंगको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा साइनाइड भेटिएको पुष्टि हुन्छ । त्यसपछि नै सारात प्रहरीको रडारमा आउँछिन् ।
मृत्युपछि खानवोंगको फोन, पैसा र ब्याग पनि गायब भएको देखेपछि प्रहरीको शङ्का थप गहिरिन्छ । अनुसन्धान अघि बढ्छ, त्यसपछि शङ्काको सुई सारात रंगसिवुथापार्न तिर घुम्छ । प्रहरीले उनीसँग एक बोतल साइनाइडसमेत फेला पारेको छ ।
प्रहरीले यस्तै असामान्य मृत्युबाट पीडित १२ व्यक्तिको सूची सङ्कलन गरेको छ जुन सारातसँग सम्बन्धित हुनसक्छ । सबै मृतकको उमेर ३३ देखि ४४ वर्षको बीचको थियो र उनीहरू सबैलाई सन् २०२० देखि अप्रिल २०२३ को बीचमा मारिएको थियो । खानवोंगको मृत्युपछि धेरै मानिसले आफ्ना परिवारजनको पनि यसरी नै हत्या गरिएको भन्दै दाबी गरे । उनीहरू सबैले सारात माथि नै आशङ्का व्यक्त गरेका छन् ।
हत्याको कारण
रोयल थाई प्रहरीका प्रवक्ता आर्कयान क्रेथोंगले एएफपीसँगको कुराकानीमा यी हत्या लुट्ने उद्देश्यले गरिएको हुनसक्ने आशङ्का गरे । यस्तै, क्राइम सप्रेसन डिभिजनका प्रमुख मोन्ट्री थेस्खाले भने, ‘सारातले अरू हत्या पनि गरेकी छिन् भन्ने प्रमाणले पुष्टि गर्छ भने उनलाई एक सिरियल किलर भन्नु सही हुन्छ ।’
यद्यपि, पहिला गरिएको हत्याको प्रमाण खोज्नु चुनौतीपूर्ण हुनेछ किनभने उक्त घटनाका कोही पनि प्रत्यक्षदर्शी छैनन् । यता साराले आफूमाथि लागेको हत्याको आरोप अस्वीकार गरेकी छिन् अनुसन्धान जारी छ । सारातलाई अब अदालतमा पेस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण