एमाले अध्यक्ष ओलीलाई पहिचानवादीले देखाए कालो झण्डा
शुक्रबार, १५ वैशाख २०८०, १५ : ०४
तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पहिचानवादीहरुले समूहले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न जाने क्रममा पहिचानवादीहरुले ओलीलाई कालोझण्डा देखाएका हुन् । आठराई–५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचान वादीहरुको समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएको थियो ।

नेकपा एमालेका कार्यकर्ताहरु नाराबाजी गर्दै पहिचान वादीको प्रतिकार गरेका थिए । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो । ओली लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर जन्मथलो आठराई तेह्रथुम पुगेका थिए । शिक्षालयको भवन उद्घाटनमा अध्यक्ष ओली दम्पतीसहित नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्बाङ आठराई पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण