प्रतिनिधिसभा बैठक : चार सांसदको विदा स्वीकृत, कोइरीको विदा स्वीकृत भएन
काठमाडौँ । प्रतिनिधिसभा सांसदहरु मनोरमा शेरचन, बीनाकुमारी थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत भएको छ । शुक्रबार राति बसेको प्रतिनिधिसभा दोश्रो बैठकले चार सांसदको विदा स्वीकृत गरेको हो ।
सभामा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विदा भने स्वीकृत भएन । उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने बताइएको छ ।
दिउँसो बसेको संसद बैठकमा हत्या आरोप लागेर फरार रहेका सांसद कोइरीको विषयलाई लिएर विवाद भएको थियो । बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले यो अधिवेशनभर संसद्मा अनुपस्थित भएका सांसदहरूको नाम सुनाएका थिए । एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा लगायतका सांसदहरुले विरोध जनाएका थिए ।
सांसद खतिवडाले विरोध जनाएसँगै कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू उठेर विरोध गरेका थिए । सभामुखले फरार सांसद कोइरीको बारेमा बिरामी विदा लिएको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने माग समेत सांसदहरुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण