एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र कुवेतबीचको खेल सुरु
शनिबार, १६ वैशाख २०८०, ०९ : ०७
काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाल र कुवेतबीचको खेल सुरु भएको छ ।
खेलमा कुवेतले टस जितेर नेपाललाई पहिले ब्याटिङ निम्तो दिएको छ । टियु मैदानमा भएको खेलमा नेपालले व्याठिङ गरिरहेको छ ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेत पनि सोहि लक्ष्यमा हुनेछ ।
कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण