खुम्चिँदै एलपी ग्यासको खपत, ९ महिनामा ८१ लाख किलो घट्यो आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको छ । आगामी केही वर्षसम्म एलपी ग्यासको खपत निरन्तर बढ्ने आयल निगमको प्रक्षेपण विपरीत आयात खुम्चिएको हो ।
चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ८१ लाख किलो आयात घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तुलनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको हो । गत वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्ममा ३९ करोड ५७ लाख किलो एलपी ग्यास आयात भएको थियो ।
जबकि, चालू वर्षको सोही अवधिमा ३८ करोड ७६ लाख किलो एलपी ग्यास आयात भएको छ । खास गरी, पछिल्लो समय विद्युतीय सामाग्रीको उपभोग बढ्दै जाँदा एलपी ग्यासको खपत ओरालो गतिमा देखिएको छ ।
बिजुलीको उपलब्धता बढ्दै जाँदा उपभोक्ताहरूले पानी तताउन, चिया पकाउन, गिजर चलाउनका साथै खाना पकाउन समेत इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढाउँदै लगेको छन् । यसको विपरीत एलपी ग्यासको मूल्य निरन्तर बढ्दै जाँदा समेत उपभोक्ताले सकेसम्म प्रयोग घटाउने योजना अघि सार्दा खपत घटेको निगमको भनाई छ ।
आयात ८१ लाख किलोले घटे पनि आयात मूल्य भने न्यून मात्रै घटेको छ । रुस–युक्रेन युद्धलाई कारण देखाउँदै उत्पादक राष्ट्रहरूले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएका छन् । जसकारण, गत वर्षको तुलनामा ८१ लाख किलोले आयात घट्दा पनि ४४ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । जबकि, गत वर्ष ४५ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण