नेपालले फाइनलमा यूएईको सामना गर्ने
काठमाडौँ । एसिया कप खेल्ने सपना साकार पार्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्ने भएको छ । वर्षाले प्रभावित खेलमा नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइस सिस्टमको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको थियो ।
उता यूएईले भने डीएलएसका आधारमा ओमानलाई २ रनको झिनो अन्तरले हरायो । पहिले ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । जवाफमा ४३ औ ओभरमा ओमानले ६ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026