लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला
सर्लाही । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ र चालु आव २०७९/८० को हालसम्म ९७ गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन् । नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
विशेषगरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको पाइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए । क्षयरोगमुक्त नगरपालिका घोषणा अभियानको सुरु गर्दै गरिएको कार्यक्रममा नगर स्वास्थ्य शाखाले नगरभित्र हालसम्म दुई सय ५४ जना मानिसमा क्षयरोग देखा परेको र अरु मानिसको पनि पहिचान गर्ने काम भइरहेको जनाएको छ ।
नेपाल सरकारले ल्याएको नीतिलाई स्थानीय तहका रुपमा नगरपालिकाले पनि अवलम्बन गरेको र नगरभित्र हाल रहेका क्षयरोगीलाई नियमित औषध सेवन गर्न आग्रह गर्दै अरु क्षयरोगीको पहिचान गर्ने काम पनि गरिरहेको नगर प्रमुख वासुदेव अधिकारीले बताए । उनले नगरपालिकालाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण