प्रियंकालाई डिम्ब फ्रिज गर्न थिएन सजिलो : महिनौँसम्म इन्जेक्सन लिनुपरेको थियो, हर्मोनल परिवर्तन आएको थियो
प्रियंका चोपडा सन् २०२२ मा सरोगेसीमार्फत् आमा बनेकी थिइन् । प्रियंकाले ३० वर्षको हुँदा नै आफ्नो डिम्ब फ्रिज गराएकी थिइन् । हालैको एक पोडकास्टमा प्रियंकाले डिम्ब फ्रिज गर्ने प्रक्रिया सहज नभएको बताइन् । यसका लागि उनले महिनौँसम्म इन्जेक्सन लिनुपरेको जानकारी दिइन् ।
इन्जेक्सनका कारण हर्मोनल परिवर्तन आएको थियो
प्रियंकालाई उनकी आमाले डिम्ब फ्रिज गर्न सल्लाह दिएकी थिइन् । प्रियंकाकी आमा मधु चोपडा एक स्त्रीरोग विशेषज्ञ हुन् । ३५ वर्ष पुगेपछि महिलालाई आमा बन्न गाह्रो हुने बताउँदै मधुले छोरी प्रियंकालाई यसो गर्न सल्लाह दिएकी थिइन् । यसै कारण प्रियंकाले प्रक्रिया पूरा गरेर आफ्नो डिम्बलाई ३० वर्षको हुँदा नै फ्रिज गराएकी थिइन् ।
यद्यपि, उनको यो यात्रा सहज थिएन । प्रियंकाले भनिन्, ‘डिम्ब फ्रिज गर्ने प्रक्रिया निकै पीडादायी थियो । म त्यति बेला क्वान्टिकोको सुटिङ गरिरहेकी थिएँ । त्यति बेला मैले महिनौँसम्म इन्जेक्सन लगाउनुपरेको थियो । यसै कारण मलाई जति बेला पनि पेट फुलेको जस्तो महसुस हुन्थ्यो । इन्जेक्सन लिएका कारण शरीरमा हर्मोनल परिवर्तन पनि आएका थिए ।’
करियरमा धेरै कुरा गर्न बाँकी नै थियो, त्यसैले डिम्ब फ्रिज गराएँ
प्रियंकाले डेक्स शेफर्डलाई दिएको अन्तरवार्तामा आफूलाई सधैँ बच्चाको चाहना रहेको बताइन् । उनले भनिन्, ‘मलाई बच्चा असाध्यै मन पर्छ । मलाई आमा बन्ने ठुलो धोको थियो किनभने मेरो बच्चासँग ठुलो लगाव छ । मैले युनिसेफमा पनि बच्चासँग धेरै समय बिताएकी छु ।’
‘मैले डिम्ब फ्रिज गराउँदा मेरो विवाह भएको थिएन । म निकसँग डेट पनि गरिरहेकी थिइनँ । डिम्ब फ्रिज गराएपछि मैले स्वतन्त्र महसुस गरेँ किनभने मलाई करियरमा धेरै कुरा हासिल गर्नु थियो,’ उनले थपिन् ।
प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । विवाह राजस्थानको उदयपुरको उम्मेद भवन प्यालेसमा भएको थियो । विवाहपछि प्रियंकाले सरोगेसीमार्फत् छोरी मालतीलाई जन्म दिइन् ।
प्रियंकाले कामकाजी महिलालाई डिम्ब फ्रिज गर्न सुझाव दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण