प्रियंका चोपडाको खुलासा : ३० वर्षको हुँदा आफ्नो डिम्ब फ्रिज गरेकी थिएँ

प्रियंका चोपडा ती अभिनेत्री मध्ये एक हुन् जसले स्वदेश तथा विदेशमा आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । प्रियंकाले एक पोडकास्टमा बलिउड छोडेर हलिउड जानुको कारण खुलाउँदै सबैलाई चकित पारेकी छिन् । यस्तै, प्रियंकाले आफ्नो निजी जीवनबारे रहस्य खुलाएकी छिन् । हालै सार्वजनिक पोडकास्टमा, प्रियंकाले आफ्नी आमाको सल्लाहमा आफ्नो डिम्ब फ्रिज गरेको खुलासा गरिन् ।
गत वर्ष सरोगेसी मार्फत छोरी मालती मेरीकी आमा बनेकी प्रियंका चोपडाले हालै ३० वर्षको उमेरमा आफ्नो डिम्ब फ्रिज गरेको खुलासा गरेकी छिन् । अभिनेत्रीले भनिन्, ‘मैले ३० वर्षको उमेरमा यस्तो गरेँ र आफ्नो काममा ध्यान केन्द्रित गरिरहेँ । यस्तो गर्दा मलाई स्वतन्त्रता महसुस भयो किनभने म आफ्नो करियरमा धेरै कुरा हासिल गर्न चाहन्थेँ । यसका साथै, मैले आफ्नो जीवनमा त्यस्तो व्यक्तिलाई भेटेको थिइनँ जोसँग म आफ्नो जीवनमा अघि बढ्न सकूँ । त्यसैले सबै खालको चिन्ता छोडेर मैले आफ्नी आमाको सल्लाहमा आफ्नो डिम्ब फ्रिज गराएको थिएँ ।’
प्रियंकाले यस्तो गर्ने सल्लाह उनलाई उनकी आमा मधु चोपडाले दिएको बताइन् । मधु एक महिला डाक्टर हुन् । अभिनेत्रीले भनिन्, ‘मेरी आमाले पनि यस्तै गर्नुभएको थियो भनेर भन्नुभयो । म आफ्ना सबै युवा साथीलाई के भन्न चाहन्छु कि बायोलोजिकल क्लब वास्तवमा साँचो हो । ३५ पछि गर्भवती हुन कठिन हुन्छ । विशेष गरी ती महिलालाई जो जीवन भरी काम गर्छन् । तर यति बेला विज्ञानले यस्तो उन्नति गरेको छ कि यदि तपाईँले बहन गर्न सक्नुहुन्छ भने यस्तो गर्नुहोस् भनेर आग्रह गर्छु । त्यसपछि तपाईँ जति लामो समयसम्म काम गर्न सक्नुहुन्छ, तपाईँको डिम्ब त्यही उमेरको हुनेछ जब तपाईँले त्यसलाई फ्रिज गराउनुभएको थियो ।’
प्रियंका चोपडाको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी छिट्टै रुसो ब्रदर्सको एक्सन वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । यसको प्रिमियर २८ अप्रिल, २०२३ मा अमेजन प्राइम भिडियोमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी