सरकारलाई विना लगानीको पार्टनर बन्न अध्यक्ष ढकालको आग्रह
नवलपरासी । उद्योग वाणिज्य महासंघका अध्यक्ष एंम आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई विना लगानीको पार्टनर (साझेदार) बन्न सरकारलाई आग्रह गरेका छन् । सोमबार पूर्वी नवलपुर गैंडाकोट–मौलाकाली केबलकारको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पूर्वाधार क्षेत्रको विकास कार्यक्रममा सरकारले निजी क्षेत्रलाई सघाउनुपर्ने बताए ।
कतिपय परियोजनाहरुमा सार्वजनिक(निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्नुपर्ने भएपनि नसकिएको अवस्थामा सरकारले विना लगानीको पार्टनरशिपको रुपमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालकै लगानी रहेको आईएमई ग्रुपले पूर्वी नवलपरासीको गैंडाकोटदेखि प्रसिद्ध धार्मिक स्थल मौलाकालीसम्म जाने केबलकार सोमबारदेखि औपचारिक रुपमै सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको उद्घाटन गरेका छन् ।
गैंडाकोटदेखि मौलाकालीसम्मको करिव एक हजार दुई (१२ सय) मिटरको दुरीमा रहेको केबलकारको लगानी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । तर, केबलकारको टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल समेतको लगानी २ अर्ब हाराहारी रहेको कम्पनीले बताएको छ । धार्मिक पर्यटकलाई केन्द्रित गरेर बनाइएको यश केबलकारले नवलपरासीको पर्यटन व्यवसायलाई समेत विशेष योगदान पुग्ने अध्यक्ष ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण