सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली
काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपालीलाई लक्षित गरेर सिड्नीमा कृत्रिम बौद्धिकताको प्रयोगसँग जोडेर ह्याकाथनको आयोजना गरिएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीलाई प्रविधि क्षेत्रको पछिल्लो विकाससँग परिचित बनाउने र यसमा भविष्य विकासको अवसरसँग साक्षात्कार गर्ने लक्ष्यसहित ह्याकाथनको आयोजना गरिएको हो ।
अष्ट्रेलियामा आइटी पढ्ने नेपाली विद्यार्थीको संख्या बढेसँगै नयाँ नयाँ अवसर र सम्भावना खोज्ने साथै परम्परागत भन्दा छुट्टै करिअर र व्यवसाय गर्नेहरूको संख्या बढेको छ । त्यसै क्रममा नेपालीहरूले सिड्नीको रकडेलमा संचालनमा ल्याएको कोडिङ बुटक्याम्प ‘डेण्टेड कोड’ले ह्याकाथनको आयोजना गरेको हो ।
ह्याकाथनमा ‘एप्लिकेसन ट्रयाकिंग’ गर्ने सफ्टवेयरमा कृत्रिम बौद्धिकताको अहिलेको बजारको माग अनुसारको प्रयोगलाई मुख्य विषय बनाईएको थियो । दुई दिन चलेको ह्याकाथनमा सिड्नीमा बस्ने नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । ह्याकाथनमा सहभागीहरूले जागिरका लागी निवेदन दिनेहरूको निवेदन व्यवस्थापन गर्ने प्रणाली बनाएका थिए ।
जसमा विद्यार्थीहरूले बायोडाटा (रेजुम)मा रहेका जानकारीहरूबाट जागिरका लागी माग भएको अवसरसँग मेल गराउने, भर्ना प्रक्रियाका लागी उत्कृष्ट बायोडाटा तयार पारिदिने, अन्तर्वार्ताका प्रश्नावली र तिनको जबाफ समेत तयार पारिदिने यापको खाका बनाएका थिए । अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीहरूकै लागी उपयुक्त हुने सुविधाको एप्लिकेसन बनाउनका लागी विद्यार्थीहरूले चारवटा समूह बनाएर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण