यूएई ११७ रनमा अलआउट
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित भएको छ । ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको हो ।
सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।
यूएईलाई सस्तोमा समेट्न ललितले घातक बिलिङ गरे । उनले ७.१ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करन केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए । सोमपाल कामी र गुल्सन झाले यूएईका एक–एक जना खेलाडीलाई पभिलियन फर्काए ।
यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लकाराले १३ तथा बासिल हमिद जुनैद सिद्धिकीले १०–१० रनको योगदान दिए ।
आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण