एसीसी प्रिमियर कप : सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित
काठमाडौँ । नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका छन् । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए ।
उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि तेस्रो स्थानमा उक्लिएर गुल्सन झाले राम्रो योगदान दिए ।’ उनले आफ्नो समकक्षी बलर ललित राजवंशीको पनि प्रशंसा गरे । ललितले हरेक दिन आफ्नो खेलमा सुधार गरिरहेकाले उनको भविष्य उज्जवल रहेको लामिछानेको भनाई थियो ।
उनले खेल हेर्न त्रिभुवन विश्वविद्यालको मैदानमा पुगेका सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । लामिछानेले भने, ‘फ्यानहरु हाम्रो परिवार हुनुभएको छ । हरेक दिन घामपानी नभनेर आउनुहुन्छ । तपाईंको सामु खेल्न पाउँदा रमाइलो लाग्छ ।’ नेपालको क्रिकेटलाई अझै माथि पुर्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थानमा बनाउन सफल भएको छ ।
प्रतियोगितामा ओमानका बिलाल खान उत्कृष्ट बलर छानिए भने यूएईका भिर्तिया अरविन्द उत्कृष्ट ब्याटर घोषित भए । फाइनल खेलमा गुल्सन झा प्लेयर अफ म्याच घोषित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण