बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा छ : ओली

मङ्गलबार, १९ वैशाख २०८०, १३ : ५८
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा भएको टिप्पणी गरेका छन् ।  काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले  देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताएका हुन् । 

कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो। अध्यक्ष ओलीले ले भने, ‘देश असाध्यै अप्ठ्यारो असहज स्थितिमा छ । देशमा राजनीतिक स्थिरताको स्थिति छैन । देश अस्थिरतातिर गइरहेको छ । सहज रूपमा कसैको बहुमत नआउने स्थिति भएपछि नीति नभएका चारतिर फर्किएका तत्त्वहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । त्यसो भए पनि देश नीति हीनतामा जाने भयो ।’ 

चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको  विकास र सुशासन हुन नसकेको बताए ।  यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । त्यस्तै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रम आफूहरूले बनाए पनि पछि तोडमोड गरेकाले जनताको पक्षमा केही काम नहुने ओलीले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप