देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा भएको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताएका हुन् ।
कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो। अध्यक्ष ओलीले ले भने, ‘देश असाध्यै अप्ठ्यारो असहज स्थितिमा छ । देशमा राजनीतिक स्थिरताको स्थिति छैन । देश अस्थिरतातिर गइरहेको छ । सहज रूपमा कसैको बहुमत नआउने स्थिति भएपछि नीति नभएका चारतिर फर्किएका तत्त्वहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । त्यसो भए पनि देश नीति हीनतामा जाने भयो ।’
चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको विकास र सुशासन हुन नसकेको बताए । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । त्यस्तै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रम आफूहरूले बनाए पनि पछि तोडमोड गरेकाले जनताको पक्षमा केही काम नहुने ओलीले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण