पाकिस्तानमा सात जना आतङ्कवादी पक्राउ
इस्लामावाद । पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् ।
गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर)ले जनाएको छ ।
आतङ्वादी समूह ताहरिक ए तालिबान पाकिस्तानका कमाण्डर लालालगायत पक्राउ परेका आइएसपिआरको विज्ञप्तिमा जनाइएको छ ।
सुरक्षा फौज र सर्वसाधारणलाई लक्षित गरेर उक्त समूहले धेरै स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएको थियो । सुरक्षा निकायले उक्त समूहका सदस्यलाई खोजीको सूचीमा राखेर लामो सयमदेखि खोजतलास गर्दै आएको थियो ।
सोमबार आतङ्कवादी पक्राउ परेकामा सुरक्षा बलको सराहना गर्दै स्थानीय बासिन्दाले देशबाट आतङ्कवादलाई परास्त गर्न सेनालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण