मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एआइजी ज्ञवालीविरुद्धको उजुरी तामेलीमा

मङ्गलबार, १९ वैशाख २०८०, २० : ४९
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीविरुद्ध नागरिकतामा उमेर सच्याएको उजुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ । 

उजुरी उपर छानबिन गरी प्रतिवेदन बुझाउन आयोगले गृह मन्त्रालयलाई परिपत्र गरेको थियो । आयोगको परिपत्र अनुसार छानबिन गर्दा ज्ञवालीले नागरिकतामा उमेर सच्याएको प्रमाण फेला नपरेको ब्यहोरासहितको प्रतिवेदन गृहले बुझाएको थियो । गृहको प्रतिवेदन अनुसार आयोगले पनि छानबिन गर्दा ज्ञवालीको सम्बन्धमा नागरिकतामा उमेर सच्याएको प्रमाण फेला नपरेपछि उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो । 

आयोगका एक उच्च अधिकारीले भने,‘ गृहको प्रतिवेदन र आयोगको आन्तरिक छानबिनबाट ज्ञवालीको नागरिकतामा उमेर सच्याएको पुष्टि हुन सकेन । त्यही भएर उजुरी तामेलीमा राखिएको हो ।’ ज्ञवाली डीआइजी हुँदै उनीविरुद्ध नागरिकतामा उमेर सच्याएको उजुरी आयोगमा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप