एआइजी ज्ञवालीविरुद्धको उजुरी तामेलीमा
काठमाडौँ । नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीविरुद्ध नागरिकतामा उमेर सच्याएको उजुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।
उजुरी उपर छानबिन गरी प्रतिवेदन बुझाउन आयोगले गृह मन्त्रालयलाई परिपत्र गरेको थियो । आयोगको परिपत्र अनुसार छानबिन गर्दा ज्ञवालीले नागरिकतामा उमेर सच्याएको प्रमाण फेला नपरेको ब्यहोरासहितको प्रतिवेदन गृहले बुझाएको थियो । गृहको प्रतिवेदन अनुसार आयोगले पनि छानबिन गर्दा ज्ञवालीको सम्बन्धमा नागरिकतामा उमेर सच्याएको प्रमाण फेला नपरेपछि उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो ।
आयोगका एक उच्च अधिकारीले भने,‘ गृहको प्रतिवेदन र आयोगको आन्तरिक छानबिनबाट ज्ञवालीको नागरिकतामा उमेर सच्याएको पुष्टि हुन सकेन । त्यही भएर उजुरी तामेलीमा राखिएको हो ।’ ज्ञवाली डीआइजी हुँदै उनीविरुद्ध नागरिकतामा उमेर सच्याएको उजुरी आयोगमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण