उपाधिका लागि भिड्दै अस्मिता र माया
काठमाडौं । १९औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट प्रतियोगितामा महिला ५० केजी तौलतर्फ बागमती प्रदेशकी अस्मिता दुवाल र लुम्बिनी प्रदेशकी माया केसीबीच बुधबार उपाधि भिडन्त हुने भएको छ ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी नन्जा बुढामगरलाई ५ः० अंकको आधारमा पराजित गर्दै लुम्बिनी प्रदेशकी मुक्केबाज माया फाइनलमा पुगेकी हुन् । एचटुओ बक्सिङ क्लब काठमाडौंकी अस्मिताले भने सेमिफाइनलमा स्विट साइन्स बक्सिङ क्लब काठमाडौंकी मुक्केबाज रमिशा श्रेष्ठलाई ५ः० अंकको आधारमा पराजित गरिन् ।
अस्मिताले बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुदमा ५० केजी तौलसमुहमा स्वर्ण पदक जितेकी थिइन् । फाइनल खेलमा प्रतिस्पर्धा गर्ने दुवै खेलाडीले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५० के.जी र ५४ केजी तौल समुहमा रजत पदक जितेका थिए ।
आगामी एसियाली खेलकुद चीनको होन्जाउ शहरमा यसै वर्ष आयोजना हुँदैछ । महिला ५७ केजी तौल समुहको सेमिफाइनल खेलमा एपीएफ क्लबकी नीता गोसाईले बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी पेमा शेर्पालाई ५ः० अंकको आधारमा पराजित गरिन् । सोही तौल समुहमा नुवाकोट जिल्ला भाइब बक्सिङ क्लबकी रक्षा जीसीलाई एबीडीका आधारमा हराउँदै त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा फाइनलमा पुगिन् ।
पुरुषतर्फ ५१ केजी तौल समुहमा नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापा र आर्मी क्लबका सुशील थापा फाइनलमा पुगे । चन्द्रबहादुर र सुशीलले सेमिफाइनलमा क्रमशः एपीएफ क्लबका प्रदीप महर्जन र बक्समाण्डु बक्सिङ क्लब काठमाडौंका लक्ष्मण राईलाई ५ः० अंकको आधारमा हराए ।
पुरुष तर्फ ५७ केजी तौल समुहको सेमिफाइनल खेलमा बाँकेका ईन्द्रबहादुर सुनार र करण लोहारलाई क्रमशः ५ः० अंक र आरएससीको आधारमा हराउँदै बुद्ध ग्याम्जो लामा र पुलिस क्लबका पुरन सुनुवार फाइनलमा पुग्न सफल भए ।
यसैगरी पुरुष ६३.५ केजी तौल समुहमा पुलिस क्लबका लालु आलेमगर र एपीएफ क्लबका सोनाम सार्कीलाई क्रमशः ५ः० र ५ः२ अंकको आधारमा हराउँदै बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राई र बागमती प्रदेश जेनेक्श बक्सिङ क्लबका मौसम रानामगर फाइनलमा पुगे ।
पुरुष ७१ केजी तौल समुहमा नुवाकोट भाइब बक्सिङ क्लबका आशिष पुडासैनी र एपीएफ क्लबका बिक्रम चौधरीलाई क्रमश ः आरएससी र ५ः० अंकको आधारमा हराउँदै लुम्बिनी प्रदेशका विकास रानागमर र पुलिस क्लबका दिपेश लामा फाइनलमा पुग्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण