दार्चुला हिमपहिरो अपडेट : प्रतिकुल मौसमले खोजी कार्यमा समस्या
काठमाडौँ । दार्चुलाको हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको खोजी कार्यमा प्रतिकुल मौसम बाधक बनेको छ । मंगलबार व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेर बेपत्ता भएका १२ जनामध्ये ७ जनालाई प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै बेपत्ता छन् ।
बेपत्ताको खोजीका लागि बुधबार सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली परिचालन गरिएको छ । टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । तर, प्रतिकुल मौसमका कारण उद्धारमा समस्या देखिएको छ । घटना भएको क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।
मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो । मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो ।
यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले दिए । उनका अनुसार टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाँदै आएका थिए ।
केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेका अनुसार अनुसार त्यहाँ अहिले करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण