सुडान : सात दिनको सङ्घर्ष विरामका लागि सहमति, पाँच लाख बेघर

सुडानमा नियन्त्रणका लागि लडिरहेका प्रतिद्वन्द्वी सैन्य समूह एक हप्ताको सङ्घर्ष विराममा सहमत भएका छन् । यो सङ्घर्ष विराम ४ मेदेखि लागू हुनेछ ।
दक्षिण सुडानले दुवै पक्षबीच यो सम्झौताको घोषणा गरेको छ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आफ्ना प्रतिनिधित्व पठाउनका लागि तयार पनि भएको बताएको छ ।
यद्यपि, दुई पक्षबीच भएको सङ्घर्ष विराम टिक्न सकेको थिएन र दुवैले एक अर्कामाथि सम्झौता तोडेको आरोप लगाएका छन् ।
सुडानको सेना र अर्धसैनिक बल आरएसएफबीच १८ दिन अघि सुरु भएको युद्धका कारण हालसम्म पाँच लाख मानिसले आफ्नो घर छोड्नु परेको छ ।
मङ्गलवार पनि राजधानी खार्तूममा भारी सङ्घर्ष जारी रह्यो । पश्चिम क्षेत्र दारफूरमा पनि भीषण लडाइँ सुरु भएको छ ।
संयुक्त राष्ट्रका अनुसार १५ अप्रिलमा सुरु भएको युद्ध पछि हालसम्म एक लाखभन्दा बढीले देश छोडिसकेका छन् ।
युद्ध नरोकिए सुडानमा भीषण विध्वंस हुने अधिकारीले चेतावनी दिएका छन् । सुडानका स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म युद्धमा ५०० भन्दा बढी मारिएका छन् र चार हजारभन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !
-
‘यो पुस्तकलाई मैले गर्भमै तुहाइदिएको भए ठुलो पाप लाग्ने रहेछ’
-
जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश
-
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित