कोशी प्रदेश : एमाले संसदीय दलको उपनेतामा मगर चयन
बुधबार, २० वैशाख २०८०, १८ : ४३
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर चयन भएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकले उनलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
राना इलाम क्षेत्र नम्बर २(२)बाट निर्वाचित भएका हुन् भने एमालेमा उनी १० बुँदे पक्षधरका नेता भनेर चिनिन्छन् । यस्तै संसदीय दलका नेता कार्कीले सचेतकमा सिर्जना राई नियुक्त गरेका छन् । राई समानुपातिकबाट सांसद बनेकी हुन् । प्रदेश कमिटी सदस्यसमेत रहेकी उनी भोजपुरकी हुन् । कार्कीले यसअघि प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण