आईपीएल क्रिकेट : इशान र सूर्यकुमारको उत्कृष्ट प्रदर्शनमा मुम्बईको जित
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले पञ्जाब किङ्सलाई ६ विकेटले हरायो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।
मुम्बईको जितमा विकेटकिपर ब्याट्सम्यान इशान किसन र सूर्यकुमार यादबले अर्धशतकीय योगदान गरे । ओपनर इशानले ७५ रन बनाए । उनले केवल ४१ बलको सामना गरी ४ छक्का र ७ चौका प्रहार गरेका थिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
सूर्यकुमारले ३१ बलको सामना गरी २ छक्का र ८ चौकाको मद्दतले ६६ रन बटुले । तिलक बर्माले अविजित २६ र क्यामरुन ग्रिनले २३ रन बनाए । टिम डेभिडले पनि टोलीको खातामा अविजित १९ रन थपेका थिए । पञ्जाबका बलर नाथन एलिसले २ तथा ऋषी धवन र अर्शदीप सिंहले १÷१ विकेट लिए ।
त्यसअघि पञ्जाबका लागि लियाम लिभिङस्टोनले अविजित ८२ रनको बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी ४ छक्का र ७ चौका प्रहार गरेका थिए ।
विकेटकिपर ब्याट्सम्यान जितेश शर्माले पनि अविजित ४९ रनको बनाए । उनले २७ बलको सामना गरी २ छक्का र ५ चौका हिर्काए ।
कप्तान शिखर धवनले ३० र म्याथ्यु सर्टले २७ रन थपे । पञ्जाबले अतिरिक्त रुपमा १७ रन पाएको थियो । मुम्बईका बलर पियुष चावलाले २ र अर्साद खानले १ विकेट लिए । हालसम्म ९ खेलबाट १० अंक बटुलेको मुम्बई छैटौं स्थानमा छ ।
यसैगरी १० खेलबाट १० अंक जोडेको पञ्जाब भने तालिकाको सातौं स्थानमा आसिन छ । आईपीएल तालिकाको पहिलो स्थानमा आसिन गुजरात ९ खेलबाट १२ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण