प्रशासकीय अधिकृत नपठाएको भन्दै गढीमाईमा नेतालाई प्रवेश निषेध
बारा । गत बैशाख १० गते सम्पन्न बारा २ मा उपनिर्वाचन क्षेत्रमा अहिलेका गठबन्धन सरकारका मन्त्री र सो दलका नेतालाई प्रवेश निषेध गरिएको छ । बारा २ मा रहेको महागढीमाई नगरपालिकाले नगरपालिका क्षेत्रभित्र कुनै पनि गठबन्धनका नेता तथा मन्त्रीलाई प्रवेश निषेध गरिएको हो ।
नगरपालिकाले सो क्षेत्रमा पर्ने गढीमाई मन्दिरमा समेत पाँच दलिय गठबन्धनका नेता र मन्त्रीलाई प्रवेश निषेधित गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए । नेपाली काग्रेसबाट निवार्चित यादबले बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘बारा २ मा महागढीमाई नगरपालिका अन्तर्गत श्री गढी माई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारि गराउन चाहन्छु,’ लेखेका छन्।
उनले थप लेखेका छन, ‘नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो । अहिले पनि अतो पत्तो छैन । यसको कारणले नगरपालिकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारीलगायत स्थानियबासीहरुको जीवन कष्टकर अवस्था छ । महागढीमाई नगरपालीकाको विकासको लागि गठबन्धननका नेता मन्त्रीज्यूहरु वाचा गरे पनि अहिलेसम्म हाकिम नपठाएर विजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।’
स्थानीयबासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ, तीन महिना बितिसक्यो तर नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई पटकपटक आग्रह गर्दा समेत सुनुवाई भएन त्यसकारण गठबन्धनका नेताहरुलाई प्रवेश निशेध गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण