शरणार्थीको नाममा ठगी धन्दा : प्रहरीसमक्ष डा. इन्द्रजितको इन्कारी बयान
काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. इन्द्रजित राईसँग प्रहरीले बयान लिएको छ । पूर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित मंगलबार ललितपुरबाट पक्राउ परेका हुन् । बुधवार साँझ उनको बयान पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
रामबहादुर थापा गृहमन्त्री हुँदा डा. इन्द्रजित उनको सुरक्षा सल्लाहकार थिए । त्यसै बेला भुटानी शरणार्थीको नाममा ठगी धन्दा चलाउनेहरूलाई डा. राईले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर, डा. राईले सो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
‘डा. राईले सबै इन्कारी बयान दिएका छन्’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्–‘उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।’
प्रहरी र सरकारी वकिल कार्यालयसँगको बयानमा डा. राईले भनेका छन्–‘यो मलाई फसाउने योजना हो, षडयन्त्र हो ।’
इन्द्रजितको मोबाइल बरामद गरेर प्रहरीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । ठगीमा संलग्न ललितपुरका सानु भण्डारीको डायरीमा डा. इन्द्रजितले १ करोड ५० लाख लिएको विवरण भेटिएको छ । प्रहरीसँगको बयानमा सानु भण्डारीले डा. इन्द्रजितलाई ५ करोड ५० लिएको दिएको जिकिर गरेका छन् ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा डा. इन्द्रजितका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् ।
शरणार्थीकै नाममा ठगी धन्दा चलाउने मध्येका मुख्य योजनाकार सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए । उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित सो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण