२९ कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशय पत्र

काठमाडौं । धितोपत्र बोर्डले हालसम्म २९ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एओआई) दिएको छ । नयाँ धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि परेको कूल ४५ आवेदन मध्ये बोर्डले अन्तिम पटक बुधबार थप १३ वटा कम्पनीलाई एओआई प्रदान गरेको हो । यसअघि बोर्डले १६ वटा कम्पनीलाई एओआई प्रदान गरिसकेको छ ।
पछिल्लो पटक एओआई पाउने कम्पनीहरूमा सनराइज् सेक्युरीटीज लि, जे.बि.एन.सेक्युरिटीज लि, शेयरप्रो सेक्युरिटीज प्रा.लि, स्टक्स्कार्टस् सेक्युरिटीज लि, प्रोपर्टी विजाडए लि, क्यापिटल हब प्रा.लि, मिल्की वे सेयर ब्रोकर कम्पनी लि, ब्लू चिप सेक्युरिटी लि रहेका छन् ।
यसैगरी गरिमा सेक्युरिटीज लि, कलश स्टक मार्केट प्रा.लि, मनि वल्र्ड शेयर एक्सचेञ्ज प्रा.लि, शुभकामना सेक्युरिटीज प्रा.लि र मियो सेक्युरिटीज प्रा.लि रहेका छन् ।
यी सबै कम्पनीहरुले सिमिति कार्य गर्नेगरी धितोपत्र दलालका लागि आवेदन माग गरेका धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।
नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन परेका कूल ४५ कम्पनीहरु मध्ये २९ वटालाई आशय पत्र (एओआई) प्रदान गरिएको र बाँकी कम्पनीहरूको पनि स्थिति हेरेर क्रमशः एओआई दिने तयारी बोर्डको रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै