अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते
बिहीबार, २१ वैशाख २०८०, १५ : ४५
एटलान्टा । एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् ।
घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन् । गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।
एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सीएनएनले उल्लेख गरेको छ।
घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ ।-(रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण