आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीका लागि चुनौतीपूर्ण : अध्यक्ष ढकाल

बिहीबार, २१ वैशाख २०८०, १५ : ५५
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् ।  

बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताए ।  

अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहेको बताए । पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको उनले बताए । सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उनले उल्लेख गरे । सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने उनले बताए ।  

अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । अर्थतन्त्रमा वर्तमान समस्या र चुनौती आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको उनले बताए ।   

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाए । ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै उनले प्रश्न गरे । ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्ने उनले बताए । उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरु पनि पलायन हुनुपर्ने अवस्था आउने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप