महोत्तरीमा एलपीजी ग्यास र चुल्हो वितरण गर्ने सम्झौता
काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनबीच करिब पाँच करोड रुपियाँ बराबरको महोत्तरीमा एलपीजी ग्यास र चुल्हो वितरण गर्ने सहमति भएको छ ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत सो सम्झौता भएको हो ।
यस कार्यबाट महोत्तरीका ५ वटा नगरपालिकाका झण्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने विश्वास भारतीय दूतावासले लिएको छ ।
दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धन उपलब्ध गराउने उद्देश्यले भारत सरकारले अघि सारेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो कार्यक्रम प्रेरित रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४७८ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये महोत्तरीका ६ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले महोत्तरीका विभिन्न अस्पताल एवं स्वास्थ्य चौकीलाई २३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण