टिकटकमा महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ
बिहीबार, २१ वैशाख २०८०, १९ : ४०

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरीले बुधबार टिकटकमा महिलाको चरित्रहत्या विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्याउने काम गरेको प्रहरीले जनाएको छ ।
सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई पक्राउ साइबर ब्युरोले जनाएको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप भई उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश