पाकिस्तानमा झडप : छ सैनिक र तीन आतङ्ककारीको मृत्यु
बिहीबार, २१ वैशाख २०८०, २२ : १५
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा छ सैनिक र तीन आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानको दिर्दुनी क्षेत्रमा सुरक्षा बल र आतङ्ककारीबीच गोली हानाहान भएको हो ।
सेनाले तीन आतङ्ककारीलाई घटनास्थलमै मारेको र अन्य दुई जना घाइते भएको आईएसपीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त क्षेत्रमा रहेका हुनसक्ने आतङ्ककारी लडाकूको खोजीका लागि उक्त क्षेत्रलाई प्रहरीले घेरा हाली खोजी सुरु गरेको विज्ञप्तिमा जनाइएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण