नापोलीले ३३ वर्षपछि जित्यो इटालियन सिरिएको उपाधि
काठमाडौं । युरोपका चर्चित ब्यवसायीक फुटबल लिगहरुमध्ये एक हो, इटालियन सिरिए । यो सिजनको इटालियन सिरिएको उपाधि नापोलीले जितेको छ । सिरिएअन्तर्गत बिहीबार राति खेलिएको खेलमा उडिनेसलाई १—१ गोलको बराबरीमा रोक्दै नापोलीले उपाधिमाथि कब्जा जमाएको हो ।
नापोलीले ३३ वर्षपछि सिरिएको उपाधि जितेको हो । यसअघि नापोलीले सन् १९८९÷१९९० सिजनमा सिरिएको उपाधि चुमेको थियो । नापोलीले जितेको यो तेस्रो सिरिए उपाधि पनि हो । नापोलीले पहिलो पटन सन् १९८६÷८७ सिजनमा उपाधि जितेको थियो । हालसम्म सिरिएमा नापोली ८ पटक उपविजेता बनेको छ ।
बिहीबार रातिको खेलमा नापोलीले उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो हाफमै गोल खाएको नापोलीले दोस्रो हाफमा जवाफी गोल फर्काएको थियो । खेल सुरु भएको १३औं मिनेटमै सान्डी लोभ्रिचले गोल गर्दै घरेलु टोली उडिनेसलाई अग्रता दिलाएका थिए ।
खेल निकै प्रतिस्पर्धात्मक थियो । दुबै टोलीले एकअर्काको पोष्टमा केही गतिलो प्रहार गरे पनि पहिलो हाफमा थप गोल हुन सकेन । तर, खेलको ५२औं मिनेटमा भिक्टर ओसिमहेनले जवाफी गोल गर्दै नापोलीलाई १–१ को बराबरीमा ल्याए ।
भिक्टरको सोही गोल नै पाँच खेलअगावै नेपोलीलाई सिरिएको उपाधि दिलाउन पर्याप्त भयो । नापोलीले हालसम्म ३३ खेल खेल्दै ८० अंक जोडेको छ । नापोलीले हालसम्म २५ खेलमा जित, ५ खेलमा बराबरी र ३ खेलमा हारको नतिजा निकालेको छ ।
विपक्षीको पोष्टमा ६९ गोल छिराएको छ भने आफुले हालसम्म २३ गोल खाएको छ । यो सिजनको सिरिएमा अब सबै टोलीले ५÷५ खेल खेल्न बाँकी छ । नापोलीले आफ्नो निकट्तम प्रतिद्वन्द्वी लाजियोभन्दा १६ अंकले अगाडि छ ।
अब खेल्न बाँकी ५ वटै खेलमा नापोली पराजित र लाजियो विजयी भए पनि नापोलीको उपाधि यात्रामा कुनै फरक पर्नेछैन । लाजियोले ३३ खेलबाट ६४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा आसिन युभेन्ट्सको ६३, चौथो स्थानमा आसिन इन्टर मिलानको ६० र पाँचौं स्थानमा आसिन एटलान्टाको ५८ अंक छ ।
उडिनेस भने ४३ अंकसहित तालिकाको १२औं स्थानमा रहेको छ । सिरिएको इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने क्लब भने युभेन्ट्स हो । युभेन्ट्सले हालसम्म ३६ पटक सिरिए उपाधि चुमेको छ । युभेन्ट्स २० पटक उपविजेता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण