श्रेष्ठ र बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’
काठमाडौँ । वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ ।
ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रका स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो ।
कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठले भजन शिरोमणि भक्तराज आचार्यसंँगका आफ्नो रोचक प्रसङ्गहरू सुनाउँदै उनै नामको सम्मानबाट सम्मानित हुन पाउँदाको क्षण अविस्मरणीय भएको बताए । बल्लभले संगीतकर्मी आचार्य र रेडियो नेपालको प्रसङ्ग प्रस्तुत गर्दै आचार्य आफूलाई सबैभन्दा मनपर्ने गायक भएको धारणा राखे ।
प्रतिष्ठानले केही वर्षदेखि हरेक वर्ष सांगीतिक क्षेत्रमा विशेष योगदान दिने संगीतकर्मीलाई सम्मानित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण