श्रेष्ठ र बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

काठमाडौँ । वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ ।
ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रका स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो ।
कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठले भजन शिरोमणि भक्तराज आचार्यसंँगका आफ्नो रोचक प्रसङ्गहरू सुनाउँदै उनै नामको सम्मानबाट सम्मानित हुन पाउँदाको क्षण अविस्मरणीय भएको बताए । बल्लभले संगीतकर्मी आचार्य र रेडियो नेपालको प्रसङ्ग प्रस्तुत गर्दै आचार्य आफूलाई सबैभन्दा मनपर्ने गायक भएको धारणा राखे ।
प्रतिष्ठानले केही वर्षदेखि हरेक वर्ष सांगीतिक क्षेत्रमा विशेष योगदान दिने संगीतकर्मीलाई सम्मानित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
-
बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग
-
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा
-
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण
-
अनरको एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक
-
स्थानीय तहको सङ्ख्या ५ सय बनाउन छलफल सुरू भएको छ : याेगेश भट्टराई