प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ, नागरिकता विधेयक प्रमाणीकरण गर्न पाइँदैन : सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिएको हुनाले अब विश्वासको मत लिनुपर्ने बताएका हुन् ।
त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने उनको भनाई थियो । उनले भने, ‘सत्ता गठबन्धनको बैठक बेठिक छ । ख्वप विश्वविद्यालयबारे हामीले २०७३ सालमा संसद्मा दर्ता ग¥यौँ । २०७४ मा चुनाव भएपछि अब यो काम लाग्दैन भनेपछि अहिलेसम्म ल्याइएको छैन ।’
एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिलाई प्रमाणीकरण गराउने सत्ता गठबन्धनको निर्णय प्रजातन्त्रको मान्यता विपरीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा प्रतिबन्ध, हराएका क्लब र अभागी टोलहरुको कथा
-
बजेटमा कर थपिएकोमा सुनचाँदी व्यवसायीको आपत्ति
-
प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास
-
दीपशिखाको आग्रह- नारायणहिटीका भूतलाई लखेट्न एकजुट हौँ
-
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो