बागमती सफाइका नाममा १२ अर्ब असुली, उपलब्धि शून्य
काठमाडौँ । बागमती नदी सरसफाइ गर्ने र काठमाडौँलाई बस्न लायक सहर बनाउने नाममा उत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन् । सो अवधिमा बुझाइएको १२ अर्ब रुपैयाँ केन्द्रीय बजेटमा गाभिएको पनि प्रयोजनका रकम उठाइयो सोअनुसार खर्च गरिएको छैन ।
उपत्यकाका बागमती, विष्णुमती, धोबीखोलालगायत नदीलाई सफा र सुन्दर बनाउने, ढल प्रशोधन गर्ने, पानी स्वच्छ बनाउने, नदीकिनारमा बाटो निर्माण गर्ने, पार्क बनाउने तथा उपत्यकालाई सफा र सुन्दर सहरमा परिणत गर्ने नाममा अहिलेसम्म १२ अर्बभन्दा बढी रुपैयाँ सर्वसाधारणबाट असुली गरिसकिएको छ । यसरी प्रदूषण नियन्त्रण, जलविद्युत् आयोजना निर्माण आदिका नाममा उठाइएको रकमको समेत समुचित उपयोग हुन सकेको छैन ।
१५ वर्षयता उपत्यकाका महानगरसहित १८ वटा नगरपालिकामा जग्गाको बेचबिखन तथा कारोबार गर्दा रजिस्ट्रेसनमा नियमअनुसार लाग्नेभन्दा शून्य दशमलव ५ प्रतिशत थप दस्तुर उठाउने गरिएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रुपैयाँ उठिसकेको छ । तर प्रगति शून्य छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बजार : यस्तो छ आजको मूल्यसूची (सूचीसहित)
-
बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक
-
विकार र विकृतिको समाधान समाजवाद: खनाल
-
जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष