शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : भारतीय वायुसेनाको लडाकु विमान घरमाथि खस्यो, तीनको मृत्यु

सोमबार, २५ वैशाख २०८०, ११ : ३८
सोमबार, २५ वैशाख २०८०

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । राजस्थानको हनुमान गढमा भारतीय वायुसेनाको मिग–२१ लडाकु विमान दुर्घटनामा परेको हो । 

भारतीय वायुसेनाका अनुसार पाइटलले विमान दुर्घटना हुनु अघि आफूलाई सुरक्षित बाहिर निकाल्न सफल भएका थिए । त्यसपछि विमान घरमा खस्न पुगेको थियो । दुर्घटनाका कारण तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बीबीसीसँग फोनमा कुरा गर्दै हनुमानगढ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सुधीर चौधरीले भने, "विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पाइलट सकुशल छन्।"  वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप