अपडेट : भारतीय वायुसेनाको लडाकु विमान घरमाथि खस्यो, तीनको मृत्यु
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । राजस्थानको हनुमान गढमा भारतीय वायुसेनाको मिग–२१ लडाकु विमान दुर्घटनामा परेको हो ।
भारतीय वायुसेनाका अनुसार पाइटलले विमान दुर्घटना हुनु अघि आफूलाई सुरक्षित बाहिर निकाल्न सफल भएका थिए । त्यसपछि विमान घरमा खस्न पुगेको थियो । दुर्घटनाका कारण तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बीबीसीसँग फोनमा कुरा गर्दै हनुमानगढ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सुधीर चौधरीले भने, "विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पाइलट सकुशल छन्।" वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
A MiG-21 aircraft of the IAF crashed near Suratgarh during a routine training sortie today morning. The pilot ejected safely, sustaining minor injuries.
— Indian Air Force (@IAF_MCC) May 8, 2023
An inquiry has been constituted to ascertain the cause of the accident.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण