राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारीहरु पुरस्कृत
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा घोषणा गरिएका पुरस्कारहरु प्रदान गरिएको छ । आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरू तथा कर्मचारीहरूलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका हुन् ।
कार्यक्रममा आ.व. २०७८/०७९ को सर्वोत्कृष्ट बैंक पुरस्कार मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेलाई प्रदान गरियो । यस्तै आ.व. २०७७/०७८ को पुरस्कार ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई प्रदान गरियो । पुरस्कारको राशि जनही नगद रु ५० हजार सहित प्रमाणपत्र रहेको छ।
त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरे वापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार प्रदान गरियो । पुरस्कारको राशि जनही नगद रु २० हजार सहित प्रमाणपत्र रहेको छ।
सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरियो । साथै, कार्यक्रममा कर्मचारीहरूलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा कर्मचारीहरूले दक्षतापूर्ण रूपले कार्य गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण