राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह निर्वाचित
काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छन् ।
आइतबारदेखि राजधानीमा जारी महाधिवेशनबाट उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सकिएको हो ।
उपाध्यक्षमा संगीता मल्ल ठकुरी र महासचिवमा कुमारी स्याङ्तान निर्वाचित भएको छन् ।
महासचिव स्याङ्तान राप्रपाको तर्फबाट बागमती प्रदेश सभाकी सदस्य समेत हुन् । मनोनीत हुने उपाध्यक्षमा सिजन श्रेष्ठ र सरस्वती श्रेष्ठ, महासचिवमा रञ्जना सेन ठकुरी र चम्पा अधिकारी रहेका छन् ।
संगठनको महाधिवेशनबाट पारित विधान अनुसार विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन् । महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्पीडित, जनजातिबाट सदस्यमा निर्वाचित गरेको छ ।
यसअघि महाधिवेशन आयोजक समितिकी संयोजक रावलले बन्द सत्रमा पेश गरेको संगठनको राजनीतिक र सांगठनिक प्रतिवेदन एवं सदस्य सचिव कुमारी स्याङ्तानले पेश गरेको विधानको मस्यौदा संशोधनसहित पारित गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण