ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्नुपर्छ : खिमलाल देवकोटा
काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको मंगलवारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न आग्रह गरे । उनले नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको बताए ।
‘प्रहरी समायोजन प्रदेशमा यथाशीघ्र हुनुपर्छ । जसले प्रदेशको एकल अधिकारमा रहेको प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी कार्यान्वयन गर्ने वातावरण निर्माण गरिदिनुस् । केही अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गरिदिनुस्’ देवकोटाले भने– ‘बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ । त्यो नबिर्सिनुहोला । नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो । बजेटको सबैभन्दा ठुलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठुला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् ।’
सांसद देवकोटाले निजामति कानुन ल्याउन नसकिएको बताउँदै यो मुलुक कसले चलाएको छ भन्दै प्रश्न समेत गरे । उनले प्रदेश प्रहरी समायोजन छिटो गर्नका लागि पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण