मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्नुपर्छ : खिमलाल देवकोटा

मङ्गलबार, २६ वैशाख २०८०, १२ : २७
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको मंगलवारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न आग्रह गरे । उनले नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको बताए । 

‘प्रहरी समायोजन प्रदेशमा यथाशीघ्र हुनुपर्छ । जसले प्रदेशको एकल अधिकारमा रहेको प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी कार्यान्वयन गर्ने वातावरण निर्माण गरिदिनुस् । केही अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गरिदिनुस्’ देवकोटाले भने– ‘बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ । त्यो नबिर्सिनुहोला । नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो । बजेटको सबैभन्दा ठुलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठुला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् ।’ 

सांसद देवकोटाले निजामति कानुन ल्याउन नसकिएको बताउँदै यो मुलुक कसले चलाएको छ भन्दै प्रश्न समेत गरे । उनले प्रदेश प्रहरी समायोजन छिटो गर्नका लागि पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप