काठमाडौँको दुर्गम शंखरापुरका सडकका लागि बजेट व्यवस्था गर्न सांसद गौतमको माग
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको उत्तरपूर्वी शंखरापुर नगरपालिकाका दुर्गम क्षेत्रका लागि बजेट व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गौतमले काठमाडौँको उत्तरपूर्वी भेग शंखरापुर नगरपालिका, नाङ्लेभारे, लप्सेफेदी, धारापानी, पटाप क्षेत्रको सडक, कृषि र पर्यटन क्षेत्रको विकासका लागि बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘काठमाडौँको कर्णाली भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेग शंखरापुर नगरपालिका, नाङ्लेभारे, लप्सेफेदी, धारापानी, पटाप क्षेत्रको सडक, कृषि र पर्यटन क्षेत्रको कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने सिन्धुपाल्चोकको सिमाना पर्दछ । त्यहाँ स्वास्थ्य, उच्च शिक्षा, सार्वजनिक यातायात अहिलेसम्म पहुँचमा पुगेको छैन ।’
उनले अगाडि भनिन्,‘२०४६ सालको परिवर्तनसँगै तत्कालीन जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको अनुरोधमा तत्कालीन जिल्ला विकास सभापति तीर्थबहादुर केसीले सुरुवात गर्नुभएको धारापानी, पटाप, कुण्डेश्वर, गणेशमानसिंह लोकमार्ग काठमाडौँ हेलम्बु, राजमार्ग, मध्यपहाडी लोकमार्ग बाहुनेपाटी र सिन्धुखोला जोडिने वैकल्पिक राजमार्गको रूपमा प्रयोग गर्न सकिने बाटो कालोपत्रे गर्न सरकारसँग बजेट विनियोजन गरियोस् भनी सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण