बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बिएससी प्रथम वर्षको एनालाइटिकल जियोमेट्रीको परीक्षा रद्द

मङ्गलबार, २६ वैशाख २०८०, १६ : ११
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बिएससी प्रथम वर्ष एनालाइटिकल जियोमेट्री विषयको परीक्षा रद्द गरेको छ । १५ वैशाखमा लिएको उक्त विषयको परीक्षा रद्द गरेको हो । अब जेठ ६ गते पुनः परीक्षा हुनेछ ।

धरानमा १३ गते नै उक्त विषयको प्रश्नपत्र १३ गते खोली विद्यार्थीलाई वितरण गरिएको थियो । वितरण गरिएको केही समयपछि विद्यार्थीहरूबाट उक्त प्रश्नपत्र फिर्ता लिएको थियो ।

१५ गते हुने परीक्षामा सोही प्रश्नपत्र पुनः वितरण गरिएको थियो । उक्त कुराको जानकारी परीक्षा नियन्त्रण कार्यालयलाई गराइएको थिएन । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले आवश्यक छानबिन गर्दै त्यो दिन भएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । उक्त कार्यमा संलग्न भएका शिक्षक कर्मचारीलाई आवश्यक कारवाहीको लागि सिफारिस गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

हात्तीसार क्याम्पस धरानका विद्यार्थीहरूको परीक्षा केन्द्र महेन्द्र क्याम्पस धरानमा कायम गरिएको पनिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप