एमाले केन्द्रीय कमिटी बैठकका १० एजेन्डा तय
काठमाडौँ । नेकपा एमालेले वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेन्डा तय गरेको छ । मङ्गलवार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको हो ।
सचिवालय बैठकले आम निर्वाचनपछि भएका राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले तयार गर्ने, यसबीचमा पार्टीका बैठकले गरेका विभिन्न निर्णयको अनुमोदन गर्ने, पार्टी आयोग प्रमुखहरूले प्रतिवेदन पेस गर्ने र मिसन ग्रासरुट अभियान अन्तर्गत सातै प्रदेशका सचिवले रिपोर्ट पेस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।
त्यस्तै प्रदेशको वार्षिक कार्य योजना पारित गर्ने केन्द्रीय कमिटीको सातौँ एजेन्डा तय गरेको एमालेले त्यसबाहेक समसामयिक विषयमा समेत छलफल गर्ने एजेन्डा तय भएको उपमहासचिव समेत रहेका गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण