शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अब आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस

मङ्गलबार, २६ वैशाख २०८०, २० : ०६
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । ‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदारमार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने भएका छन् ।

आइएमई पेले आइएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आएको छ । साथै पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहक वर्गलाई रु ५० बोनस दिँदै आइरहेको थियो ।

तर  अब ग्राहक वर्गले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुनसुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले रु १०० बोनस पाउने कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप