संसद्
प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी
बुधबार, २७ वैशाख २०८०, ११ : २०
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरु आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका छन् । सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेपनि राप्रपाका सांसदहरुले मानेका छैनन् ।
उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग माग राखेका छन् । सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शून्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध सिर्जना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण