शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
संसद्

प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी

बुधबार, २७ वैशाख २०८०, ११ : २०
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरु आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका छन् । सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेपनि राप्रपाका सांसदहरुले मानेका छैनन् ।

उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग माग राखेका छन् । सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शून्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध सिर्जना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप