दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याउछौँ : मन्त्री आचार्य
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई देशका कुनाकन्दरा र लक्षित वर्गमा पुर्याउने बताएका छन् ।
बुधबार समाज कल्याण परिषदको पदवहाली एवम् स्वागत कार्यक्रममा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने बैदेशिक सहयोग रकमलाई देशको कुनाकन्दरा र लक्षित समुदायसमक्ष पुर्याउने बताए ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामहरुलाई व्यवस्थित बनाउने मन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । मन्त्री आचार्यले समाज कल्याण ऐन २०४९, संस्था दर्ता ऐन २०३४ लगायतका सम्बन्धित कानुनहरुलाई समय सापेक्ष संशोधन गरी समयानुकुल बनाउने बताए । साथै समाज कल्याण परिषदको काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पहल गर्ने मन्त्री आचार्यको भनाइ थियो ।
मन्त्री आचार्यले परिषदका पदाधिकारी(कर्मचारीहरुलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी वुझेर कार्य गर्न निर्देशन दिए । आगमी दिनमा समाज कल्याण परिषदमा धेरै कार्य गर्नुपर्ने भन्दै त्यसमा आफूले ध्यान दिने उनले बताए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका लक्षित वर्गका लागि बढीभन्दा बढी श्रोत जुटाउन पनि मन्त्री आचार्यले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण