दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याउछौँ : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई देशका कुनाकन्दरा र लक्षित वर्गमा पुर्याउने बताएका छन् ।
बुधबार समाज कल्याण परिषदको पदवहाली एवम् स्वागत कार्यक्रममा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने बैदेशिक सहयोग रकमलाई देशको कुनाकन्दरा र लक्षित समुदायसमक्ष पुर्याउने बताए ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामहरुलाई व्यवस्थित बनाउने मन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । मन्त्री आचार्यले समाज कल्याण ऐन २०४९, संस्था दर्ता ऐन २०३४ लगायतका सम्बन्धित कानुनहरुलाई समय सापेक्ष संशोधन गरी समयानुकुल बनाउने बताए । साथै समाज कल्याण परिषदको काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पहल गर्ने मन्त्री आचार्यको भनाइ थियो ।
मन्त्री आचार्यले परिषदका पदाधिकारी(कर्मचारीहरुलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी वुझेर कार्य गर्न निर्देशन दिए । आगमी दिनमा समाज कल्याण परिषदमा धेरै कार्य गर्नुपर्ने भन्दै त्यसमा आफूले ध्यान दिने उनले बताए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका लक्षित वर्गका लागि बढीभन्दा बढी श्रोत जुटाउन पनि मन्त्री आचार्यले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत