आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित

बुधबार, २७ वैशाख २०८०, २१ : २६
बुधबार, २७ वैशाख २०८०

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ । 

यसैबीच पाकिस्तानको आन्तरिक मन्त्रालयले बुधबार पूर्वी प्रान्त पञ्जाबमा  कानुनी व्यवस्थाको सुनिश्चित गर्नका लागि सेनाको सहयोग माग गरेको मन्त्रालयले उल्लेख गरेको छ । जियो न्युजले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ, न्यायाधीश मुहम्मद बशीरले सुनुवाइको अध्यक्षता गर्दै नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)ले अल-कादिर ट्रस्ट भ्रष्टाचार मुद्दामा खानलाई १४ दिनको हिरासतमा राख्न अनुमतिका निम्ति अदालतलाई अनुरोध गरेको छ ।

नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसूद पनि अदालतमा उपस्थित भएको जियो न्यूजले उल्लेख गरेको छ । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदीमले प्रतिनिधित्व गरेका थिए ।

मङ्गलबार इमरान खानलाई इस्लामाबाद उच्च न्यायालय बाहिर पाकिस्तान रेंजर्सले अल-कादिर ट्रस्ट मुद्दामा राष्ट्रिय एकाउन्टेबिलिटी ब्युरो (एनएबी) द्वारा जारी गरेको वारेन्टमा पक्राउ गरेको थियो। अल कादिर युनिभर्सिटी ट्रस्टको नाममा सयौं नहर जग्गा आर्जन गरेको आरोपमा इमरान खान, बुशरा बिबी र अन्यविरुद्ध एनएबीले अनुसन्धान थालेको थियो जसले राष्ट्रिय कोषलाई १९ करोड पाउण्ड नोक्सान पुर्याएको बताइएको छ ।

भ्रष्टाचार विरोधी स्वतन्त्र संगठनको निर्देशनमा पूर्वप्रधानमन्त्रीलाई मङ्गलबार अल-कादिर ट्रस्ट मुद्दामा रेंजर्सले हिरासतमा लिएको थियो। त्यसपछि उनलाई सोधपुछका लागि रावलपिण्डीको ग्यारिसन शहरमा स्थित मुख्यालयमा लगिएको थियो।-(रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप