शरणार्थी प्रकरणको अनुसन्धान गर्ने समय अब १० दिन
काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान गर्ने समय साँघुरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितका आरोपीहरुविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
सङ्गठित अपराध मुद्दा ६० दिनभित्र अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । ५७ औँ दिनमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाई सक्नुपर्छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले ३ दिनअघि अनुसन्धान प्रतिवेदन आउनुपर्ने बताए । न्यौपाने भन्छन्– ‘६० औँ दिनमा हामीले अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।’
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । पछि पक्राउ परेका आरोपीहरूको पनि चैत १२ देखि नै म्याद मिलान हुन्छ । १४ दिनभित्र मुद्दा दर्ता हुने समय अवधिका कारण पूर्व मन्त्री खाँण अब कम्तीमा १५ दिन हिरासतमा बस्नुपर्छ । प्रहरीलाई अनुसन्धान गर्ने समय अब १० दिन मात्रै छ ।
मुद्दा दर्ता भएपछि पनि धरौटीमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे अदालतमा थुनछेक बहस हुन्छ । थुनछेक बहसपछि धरौटी वा साधारण तारेखको आदेश भएका आरोपीहरू छुट्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण