नेता र सेलिब्रेटीको उपस्थितिमा ‘हल्कारा’को प्रिमियर
काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’ को बुधबार साँझ प्रिमियर गरिएको छ । वान सिनेमाज मल्टिप्लेक्समा गरिएको प्रिमियरका नेतादेखि कलाकारसम्मको बाक्लो उपस्थिति रहेको थियो ।
सांसदहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली, अभिनेता राजन खतिवडा, मुकुन भुसाल लगायत प्रिमियरमा सहभागी थिए । प्रिमियरमा सहभागी अधिकांशले फिल्म मन परेकाे प्रतिक्रिया दिए ।
फिल्मका निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा सबैको आकर्षणको केन्द्र बनेका थिए । विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार समेत जित्न सफल फिल्म एक हुलाकीको कथामा निर्माण भएको हो ।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । पोखरेलले निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ गत वर्ष ओस्कार अवार्डमा सिफारिस भएको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण