नेता र सेलिब्रेटीको उपस्थितिमा ‘हल्कारा’को प्रिमियर

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’ को बुधबार साँझ प्रिमियर गरिएको छ । वान सिनेमाज मल्टिप्लेक्समा गरिएको प्रिमियरका नेतादेखि कलाकारसम्मको बाक्लो उपस्थिति रहेको थियो ।
सांसदहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली, अभिनेता राजन खतिवडा, मुकुन भुसाल लगायत प्रिमियरमा सहभागी थिए । प्रिमियरमा सहभागी अधिकांशले फिल्म मन परेकाे प्रतिक्रिया दिए ।
फिल्मका निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा सबैको आकर्षणको केन्द्र बनेका थिए । विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार समेत जित्न सफल फिल्म एक हुलाकीको कथामा निर्माण भएको हो ।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । पोखरेलले निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ गत वर्ष ओस्कार अवार्डमा सिफारिस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी