रुसले जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने
बिहीबार, २८ वैशाख २०८०, १५ : ५२
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका गरेका छन् ।
सो आदेशअनुसार जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ।
यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुनेछैन।
त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ, जुन सन् २०१९ जुलाई ८ मा लागू भएको थियो ।
राष्ट्रपति पुटिनले दुई देशबीच बढेको तनाबका कारण रुससबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएका थिए ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण